Sep २
English नेपाली
NS

NepalScan

ब्रेकिङ ३ अगस्ट २०२६

मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध

नेपाल स्क्यान
NepalScan Desk

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सोमबार दिउँसो २ः१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो पन्छाउन एउटा उपकरण परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप २ वटा उपकरण पहिरो खसेको स्थानमा जाँदै गरेको जनाइएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ । यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो ।

पहिरो पन्छाएर सडक सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

साझेदारी गर्नुहोस्:
ट्यागहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *