Oct २३
English नेपाली
NS

NepalScan

अर्थतन्त्र १ अक्टोबर २०२६

दसैंमा १० लाखसम्मले छाड्नेछन् उपत्यका, सहजीकरणमा तयार छन् सरोकारवाला ?

नेपाल स्क्यान
NepalScan Desk

१४ असोज, काठमाडौं । दसैंमा १० लाखसम्म यात्रुले काठमाडौं उपत्यका छाडेर आफ्नो गाउँ फर्किने अनुमान गरिएको छ ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले २०८३ दसैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ ।

समिति सभापति आशिष गजुरेल सहित सांसदहरूको टोलीले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार यस वर्ष दसैंमा न्यूनतम ६ लाखदेखि अधिकतम १० लाख यात्रुले काठमाडौं उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको छ ।

तीमध्ये दसैं सुरु हुने दिनअघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने अनुमान प्रतिवेदनको छ । दसैं सुरु भएपछि भने फूलपातीको दिन अधिक हुनेछ ।

समितिले गरेको अध्ययन अनुसार घटस्थापनाको दिन न्यूनतम ४५ हजारदेखि अधिकतम ६८ हजारसम्म यात्रुले काठमाडौं छाड्ने अनुमान छ । फूलपातीको दिन यो संख्या १ लाख १३ हजारसम्म पुग्ने छ । यी यात्रु ओसार्न ७ हजारमाथि सवारीसाधन चल्नेछन् ।

फूलपातीको दिन १३ देखि २० प्रतिशत यात्रुले काठमाडौं छाड्ने अनुमान छ । दशमीको दिन भने यो संख्या ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

ट्राफिक प्रहरीको विगतको तथ्यांकका आधारमा समितिले यो प्रक्षेपण गरेको हो । यो संख्या अझ बढी हुन सक्ने अनुमान यातायात व्यवसायीको छ । समिति सभापति गजुरेलले समितिले विगतको अभ्यास समेतको अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पारी सरकारलाई बुझाएको जानकारी दिए । यसले दसैंको यात्रामा जोडिएका

साझेदारी गर्नुहोस्:
ट्यागहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *