Sep २
English नेपाली
NS

NepalScan

ब्रेकिङ ३ अगस्ट २०२६

सुनकोशीमा कार खस्यो, ३ जना बेपत्ता

नेपाल स्क्यान
NepalScan Desk

काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुनकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् । फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन ।

साझेदारी गर्नुहोस्:
ट्यागहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *