Oct २४
English नेपाली
NS

NepalScan

खेलकुद १ अक्टोबर २०२६

पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता (तस्वीरहरू)

नेपाल स्क्यान
NepalScan Desk

जापानमा भएको २०औं एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

१४ असोज, काठमाडौं । जापानमा भएको २०औं एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

थाइ एयरमार्फत नेपाली टोली बुधबार दिउँसो स्वदेश फर्किएको हो । दुई दिनअघि आउने तय भएपनि थाइल्यान्डमा बाढीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहतासहितको टोलीले स्वागत गरेको थियो । नेपालले थाइल्यान्ड र श्रीलंकालाई हराएर सेमिफाइनल पुग्दै कांस्य पदक हात पारेको थियो ।

नेपाल सेमिफाइनलमा भने भारतसँग पराजित हुन पुग्यो । नेपाली महिला कबड्डीले यसअघि १९औं एसियन गेम्समा पनि कांस्य पदक जितेको थियो ।

साझेदारी गर्नुहोस्:
ट्यागहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *