Apr ९
English नेपाली
NS

NepalScan

कर्णाली प्रदेश १९ मार्च २०२६

निर्वाचन प्रतिवेदन पेस, राष्ट्रपति भन्छन्– लोकतन्त्र अझै मजबुत भएको अनुभूत गरे

नेपाल स्क्यान
NepalScan Desk

काठमाडौँ । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।

निर्वाचन प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागिपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी प्रकट गरेका छन् । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद समेत व्यक्त गरे ।

 

‘फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले भने ।

साझेदारी गर्नुहोस्:
ट्यागहरू: election2082nirwachanRamchandarapaudel

Leave a Reply

Your email address will not be published. Required fields are marked *